
व्यास नगरपालिकाको नियमित बैठकले विभिन्न निणर्यहरु गरेको छ । बैठकले मंसिर २१ गते भएको कार्यपालिका बैठकको समिक्षा गर्दै ३८ औं नगरसभाको तयारीका सन्दर्भमा समिक्षा गरेको थियो ।
नगरसभामा पेश गर्नका लागि ६ वटा विधेयकहरु सम्बन्धित विषय समितिले विद्यायन समिति मार्फत पेश गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।
नगरसभामा पेश गर्ने विधेयकहरुमा व्यास नगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक, व्यास नगरपालिका वन विधेयक, व्यास नगरपालिका योजना आयोग (गठन तथा सञ्चालन) विधेयक, व्यास नगरपालिका संघ संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, व्यास नगरपालिका वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण विधेयक, व्यास नगरपालिका स्वास्थ्य विधेयकहरु रहेका छन् ।
बैठकले व्यास नगरपालिकाको सरसफाई एवं आधुनिक कृषि व्यवस्थापन केन्द्र स्थापनाका लागि व्यास नगरपालिका वडा नं १३ स्थित श्री युगिन कृषि फर्म प्रा.लि.को नाउँमा रहेको ४० रोपनी जग्गा प्रस्ताव आएकाले स्थानीयहरुसंग छलफल एवं समन्वय गरि खरिद प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
बैठक नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।




