
साता कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार १६.३८ अंक बढेको छ । अघिल्लो दिन १२ अंक घटेकोमा यस दिनको वृद्धिसँगै नेप्से २७५८ अंकमा कायम भएको छ ।
जुन अंक दिनभर भएको कारोबारको अधिकतम अंक पनि रह्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको भयो ।
व्यापार समूह ०.४२ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशत बढ्यो । माबिलुङ इनर्जीको ९.६४, आँखुखोला जलविद्युतको ६.९३, सुपरखुदी हाइड्रोपावरको ६.७४ तथा झापा इनर्जीको ६.६९ प्रतिशत मूल्य बढ्यो ।




