तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मिएका भएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित भएका छन् ।

नवौ तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार दमौलीमा सम्मान गरेको हो । गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले सयुक्त रुपमा सम्मान गरे । गायक महतलाई दोसल्ला ओडाएर र कदरपत्र प्रदान गरि सम्मान गरिएको हो । लोकगीत प्रवद्धनमा देश विदेशमा पु¥याउनु भएको योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

महोत्सवमा महत, आले, रचना र दुतराजले दर्शक नचाए । नवौ तनहुँ महोत्सवमा तनहुँमै जन्मिएका गायक प्रेमराजा महत गायिका शिला आलेले दर्शक नचाएका छन् । गायक महतले बाँझो खेतमा, माया भेटियो बन्दीपुरैमा बोलको गीतका दर्शक खुब रमाएर नाचे । महोत्सवमा शिला आलेले गोरखा कालिका, जोखौं तुलो, मलाई पनि लैजाउन निरमाया तिमी बस्ने सहरैमा ….बोलका गीतले दर्शक नचाउनु भएको थियो । साँझ ५ः३० बजे रचना रिमालले आफ्नो लोकप्रिय गीतहरु फोटो फिरिम, टन्न पैसा कमाउँला, तिम्रो घरमा मेरो छोरी, मिनरल वाटर लगायका प्रस्तुत गरेर दर्शक मन्त्रमुग्ध पारेका थिए । प्रकाश दुतराज, गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ को प्रस्तुतिमा पनि दर्शक रमाएका थिए ।
यसैबीच, नवौ तनहुँ महोत्सवमा शनिबार दर्शकको भीड लागेको छ । शनिबार सार्वजनिक बिदा भएकोेले करिव दश हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए । दशौं दिन शनिबार सम्ममा ७० हजार दर्शकले अवलोकन गरेको र दुई करोड ७० लाखको आर्थिक कारोबार भएको बताइएको छ ।