
विश्वमा कोरोना भाइरसबाट हालसम्म ३ करोड ३५ लाख ७४ हजार १९८ जना संक्रमित भएका छन्।
यसैबीच, कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६ हजार ८६८ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड ४८ लाख ९३ हजार ४८० पुगेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ७३ लाख ६१ हजार ६३३ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि २ लाख ९ हजार ८०८ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ६१ लाख ४५ हजार २९१ जना संक्रमित भएकोमा ९६ हजार ३५१ जनाले ज्यान गुमाएका छन्।
यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४७ लाख ४८ हजार ३२७ जनामा संक्रमण भएकोमा १ लाख ४२ हजार १६१ भन्दा धेरैको ज्यान गएको छ।
रुसमा ११ लाख ६७ हजार ८०५ जना संक्रमित भएका छन् भने २० हजार ५४५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ७ लाख ४८ हजार २६६ संक्रमित भएकोमा ३१ हजार २३२ जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ४ लाख ३९ हजार १३ संक्रमित भएकोमा ४२ हजार १ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ८ लाख ८ हजार ७१४ छ भने ३२ हजार ३२४ जनाको मृत्यु भइसकेको छ।




