
आगामी पुस २२ देखि माघ ३ गतेसम्म दमौलीमा आयोजना हुने पाँचौ आदिबासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७९ महोत्सवको तयारी तीब्र रुपमा बढाइएको छ ।
‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मुल नाराका साथ महोत्सव संचालन गर्न लागेको अध्यक्ष सुजित हिराचनले बताएका छन् ।
दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा संचालन हुने सो महोत्सवको प्रचार प्रसार कार्यलाई अगाडि बढाइएको प्रचार प्रसार उपसमितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।
दर्शकलाई मनोरन्जन दिनको लागि राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु ल्याउने तयारी भैरहेको छ । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बिश्वास परिषद्ले लिएको छ ।
महोत्सवमा २३० वटा स्टल रहनेछ । कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइन्स, स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका छन् ।
जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइनेछ । सुरक्षाको बिसयमा समन्वय भैसकेको आयोजकले जनाएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न दुई तीन ओटा स्टलहरु कृसकलाइ नि:शुल्क दिन सके राम्रो हुने सल्लाहकार तारा प्रसाद श्रेष्ठले बताएका छन् ।
जिल्लाको धार्मिक जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्ला भित्र आन्तरिक एवं बाह््य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य छ । त्यस्तै महोत्सवको आयबाट जीवन्त सांस्कृतिक संग्राहलय स्थापना गर्ने, स्थानीय उत्पादित वस्तुहरु ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने लगायत रहेको छ ।
स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, शहिद परिवार, अशक्त, अपांग, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश दिने लगायत रहेको छ । त्यस्तै लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने मुख्य योजना रहेको छ ।
महोत्सवका आकर्षण :
सांस्कृतिक झाँकीसहित प्रभातफेरी, शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला रहेको छ । त्यस्तै मादी र सेतीमा जलविहार, आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमुना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् । त्यस्तै राष्टिय स्तरमा ख्यातिप्राप्त कलाकारको बेजोड प्रस्तुती रहनेछ ।




