
कांग्रेस उपसभापतिको मत गणना सुरु भएको छ।
१४ औं महाधिवेशनमा उपसभापति पदमा भएको मतदानको गणना पार्टी कार्यालय सानेपामा सुरु भएको हो।
उपसभापतिको मत परिणाम राति १० बजेसम्म आउने निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिए।
दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।




