
बलिउड अभिनेता आमिर खानका केही कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
मंगलबार अभिनेता आमीरले सामाजिक सञ्जाल ट्विटरमार्फत सबै कुराको जानकारी गराएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनका अनुसार कोरोना पोजिटिभ देखिएपछि उनका कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको छ।तर उनको परिवारमा भने रिपोर्ट नेगेटिभ देखिएको छ। उनको आमाको भने कोरोना परीक्षण गरिएको छैन।




