तनहुँको व्यास नगरपालिकाले सडक अतिक्रमण गरी बनाईएका संरचना हटाउन थालेको छ । यस क्रममा नगरपालिकाले वडा नम्बर २ गणेशमान चोकमा सडक अतिक्रमण गरि बनाईएका संरचना हटाएको छ ।

वडा नम्बर २ ले त्यस क्षेत्रमा रहेको टोलविकास सस्थासँग सहकार्य गरेर हटाएको र अन्य स्थानमा अतिक्रमण गरि बनाईएका संरचना हटाईने नगरपालिकाले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने कामको सुरुवात गरिएको नगरप्रमुख वैकुष्ठनाथ न्यौपानेले बताए । वडा नम्बर २ लाई व्यवस्थित बनाउन वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतको जनप्रतिनिधी सडक अतिक्रमण गरेको भू भाग हटाउने तथा सार्वजानिक जमिन अतिक्रमण गरी बनाईएका घर तथा टहरा हटाएर व्यवस्थित गरेर नगरलाई सुन्दर बनाउने काममा टेवा दिएको नगर प्रमुख न्यौपाने बताउँछन् ।

वडा नम्बर २ ले वडाध्यक्ष श्रेष्ठ लगायतको सक्रियतामा डाङ्ग्रे खोल्सीमा अतिक्रमण गरी बनाएको संरचना डोजर लगाएर भत्काएको थियो । मापदण्ड अनुसार सडकलाई फराकिलो बनाएर कालोपत्रे गर्न लागिएको नगर प्रमुख न्यौपाने बताउँछन्।

सो क्षेत्रमा व्यवसाय सञ्चालन गर्नु भएको व्यवसायी यवम घर धनिहरुले घरको अगाडि मापदण्ड विपरित राख्नु भएको ओझेल छेक्ने ट्रस्ट राख्नाले नगरलाई नै अशोभनिय तथा सवारी दुर्घटना बढेकाले हटाईएको वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्लेले बताए । सो कार्यको लागि त्यहाँ स्थित तीनवटै टोलविकास सस्था र स्थानीय बासिन्दाबाट सहयोग मिलेको वडा सदस्य वाग्लेले जानकारी दिए ।

२५ लाख रुपियाँ नगरपालिकाको सहयोग र पाँच लाख रुपियाँ जनसहभागिता गरी ३० लाख रुपियाँको लागतमा सो क्षेत्रमा पुरानो नालीलाई हटाएर नयाँ नयाँ नाली बनाईएको र सडक पनि फराकिलो बनाउन सफलता मिलेको वडा सदस्य वाग्लेले जानकारी दिए । व्यवस्थित गर्ने काम ८० प्रतिशत पुरा भएको उनले जानकारी दिए । सडकको दायाँ र बायाँ दुवै तर्फको अतिक्रमित संरचना हटाएपछि झण्डै एक लेन थपिएको वडा सदस्य वाग्ले बताए । वडा सदस्य वाग्लेका अनुसार र वडा नम्बर २,३,४ मा रहेका बिजुलीको खाम्बामा जेलियका केवुल तथा टेलिफोनका तार हटाई नगरलाई सुन्दर बनाउने कार्य अघि बढाईने भएको छ । ‘अव्यस्थित तरिकाले तारहरु राखिँद पोलमा आगलागी हुने गरेकोले त्यसबाट जोगिन,जोगाउन तार भूमिगत गर्न पहल कदमी गरेका छौं’ वाग्लेले भने ।