तनहुँको म्याग्दे गाँउपालिकामा एकल महिला संजाल गठन गरिएको छ । समाजमा अझैपनि एकल महिलालाई हर्ने दृष्टिकोणमा परिवर्तन नभएका कारण र एकल महिलालाई संगठित गर्नको लागि संजाल गठन गरीएको हो ।

धनमाया आलेको अध्यक्षतामा तेह्र सदस्यीय महिला संजाल कार्य समिति गठन गरिएको छ । त्यसैगरि संजालको उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, सचिवमा कमला कुमाल, कोषाध्यक्षमा अनिता थापा, सहसचिवमा कृष्णमाया बस्याल चयन भएका छन् । सदस्यहरुमा सत्यकला न्यौपाने, विमला रानाभाट, सरला अधिकारी, सिता परियार, श्रृजना सुनार, मन्जु थापा, पुनम थापा, ईश्वरी वाग्ले, शर्मिला कुमाल र ईन्द्रा थापा छन् ।

समाजमा अझैपनि एकल महिला प्रति हेर्ने दृष्टिमा परिवर्तन आउन नसकेको हुँदा त्यसलाई चिर्दै समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न संजाल गठन गरेको अध्यक्ष आलेले बताइन् । एकल महिला समाज परिवतनको अंश भएको हुदाँ समाजले एकल महिलालाई सँगसँगै हिडाउन पहलकदमी भैरहेको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

विभिन्न घटनाक्रमका कारण एकल जीवन व्यतित गरेका महिला दिदी बहिनीहरुको बाध्यतालाई समाजले सहयोग गर्नुपर्ने उनले जोड दिए । राज्यले नै एकल महिलाको हक अधिकार सुनिश्चित गरेको हुदाँ एकल महिलालाई हेलत्वको भाव राख्न नहुनेमा सचेत बन्नुपर्ने बताए ।

समाज रुपान्तरणको हरेक भागमा सबैमा महत्व हुने हुदाँ एकल महिलाले पनि समाज परिवर्तनको नेतृत्व गर्न सक्ने भएकोले र एकल महिलालाई पनि संगै सहयात्रा गराउनको लागि पालिका गम्भिर भएर लागेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले बताए ।

उनीहरुको जीवनस्तर सुधारका लागि गाउँपालिकाले सीपमूलक र आयमूलक कार्यक्रमलाई प्राथामिकतामा राखेर काम गर्दै आएको समेत उनले जानकारी दिए ।