आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत नेपाल विधार्थी संघमा आवद्ध विधार्थीहरुलाई प्रशिक्षण दिइएको छ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ, क्याम्पस इकाईद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले विधार्थीहरु समाज परिवर्तनका वाहक भएकाले देशको राजनीतिक अवस्थाप्रति सतर्क र जानकार हुनुपर्ने बताए । देशको प्रजातान्त्रिक र गणतान्त्रिक पद्धति अहिले धरापमा परेको बताउँदै उनले प्रजातन्त्रको रक्षार्थ सम्पूर्ण नेपालीले एकैसाथ आवाज उठाउनु पर्ने बेला आएको पनि बताए ।

कार्यक्रममा पार्टीका नीति तथा प्रशिक्षण विभागका प्रशिक्षक प्रमोदहरि गुरागाँई, युवा अभियन्ता अपार पौडेल, नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरी, नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, प्राध्यापक आत्माराम बास्तोलाले प्रजातन्त्रप्रति आस्थावान विधार्थीहरुलाई प्रजातन्त्रका आयाम, नीति, सिद्धान्त, प्रजातान्त्रिक आचरण र व्यवहार, युवा र नेतृत्व, नेतामा हुनुपर्ने गुणहरु, विधार्थी र राजनीति विषयमा प्रशिक्षण दिएका थिए ।

इकाईका सभापति जनक काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त कंडेलले स्वागत र सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव बिमल गिरीले गरेका थिए ।

कार्यक्रममा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत करिव ८० जना विधार्थीहरुको सहभागिता रहेको नेविसंघ क्याम्पस इकाईका सभापति सुदर्शन पोख्रेलले जानकारी दिए ।