
तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ निवासी आकृति रिमाल व्यवसायिक गायन क्षेत्रमा प्रवेश गरेकी छिन् ।
रिमालले पहिलोपटक बसन्त सापकोटाको शब्द र संगीत मा रहेको ‘पंक्षी बन्न मन लाग्यो ‘ मा स्वर दिएकी छिन् ।
यो गीतको संगीत संयोजन गरेर अझै मिठास थप्ने दीक्षित पौडेल हुन् । सो गीतको म्यूजिक भिडियोका निर्देशक विक्रम तामाङ हुन्, छायांकन गर्ने विशाल थापा हुन् भने भिडियो संपादन गर्ने फराज अर्पण हुन् ।
भिडियोमा आकृति रिमालले स्टूडियो भित्रै गीत गाईहकेको देखाइएको छ । दर्शकहरु बताउँछन् गीत निकै राम्रो बनेको छ । ‘पंक्षी बन्न मन लाग्यो‘ बोलको गीत ‘बसन्त सापकोटा’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । गीतले अहिले निकै चर्चा कमाइरहेको र भ्यूज राम्रो भएको बताइएको छ ।

गीतको लगानीकर्तामा गायिका रिमालका बुवा मेघनाथ रिमाल रहेका छन् । बुवा मेघनाथ पनि लामो समयदेखि लोक संगीत क्षेत्रमा लाग्दै आएका छन् । उनी शिक्षण पेशामा पनि कार्यरत छन् ।
यसैबीच, गायिका रिमाल व्यवसायिक गायन क्षेत्रमा डेब्यु गरेपछि उच्च शिक्षा अध्ययनका लागि गत हप्तामात्रै अमेरिका उडेकी छिन् ।
https://www.youtube.com/watch?v=M_3b-M5kjzM




