
व्यासश्री सम्पादकीय
प्लटिङका कारण अहिले उर्वरशील जमिनहरु बगरमा परिणत भएका छन् । व्यवसायीहरुले भीरपाखा, बनजंगल, खोलानदी देखि कैयौं उर्वरशील भूमिहरुमा प्लटिङ गरेर बिक्री वितरण गर्नाले बर्षैभरि विभिन्न खेतीपाती र अन्नपात उब्जनी हुने जग्गाहरु अहिले मरुभूमिकरण बन्दै गएका छन् ।
प्लटिङले गर्दा खेतीयोग्य जमिन वगरमा परिणत भएको छ । जसले गर्दा देशको समग्र कृषि प्रणालीमा गम्भीर असर पुगेको छ । प्लटिङले गर्दा अन्नभण्डारको खानीका रुपमा रहेका जिल्लाका खेतीयोग्य जमिन दिनप्रतिदिन घट्दो क्रममा छ । धनी र शोषक बर्गले कृषियोग्य जमीनमा प्लटिङ गरेर सर्वहारा तथा निमुखा नेपाली जनतालाई शरणार्थी बनाउदैछन्।
विभिन्न खेतीबाली जस्तै ः धान, मकै, गँहु, आलु, तोरी जस्ता खेतीपाती र उव्जनी हुने उर्वरशील भूमि अहिले प्लटिङका कारणनै बाझो र जर्जर बनेको छ । पहिला लहलहाउँदो खेतीपाती हुने जग्गाहरु अहिले सुख्खा र चौपाया चरन क्षेत्र बनेको कृषकहरुको भनाई छ । आफनो खेतीयोग्य जमिन जग्गा व्यवसायीलाई बिक्री गरेकोमा कृषकहरुले निकै खिन्नता प्रकट गरेका छन् । विगतमा प्रशस्त उव्जनी हुने जमिनहरु अहिले बर्षौदेखि बाँझै रहेकोमा कृषकहरु दुखित भएका छन् ।
खेतीयोग्य जमिनमा नै प्लटिङ गर्नाले जमीन अनुत्पादक भूमिमा परिणत भएको छ । जमिन बगर र जर्जर बनेका छन् । त्यस्ता जमिनमा कुनै पनि खेतीपाती सम्भव नै छैन् । वाातावरणमा पनि निकै असर पु¥याएको छ । भीरपाखा, बनजंगल, खोलानदीका छेउछाउमा प्लटिङ गर्नाले बाढी, पहिरो र डुवानका समस्याहरु क्रमशः बढि रहेको छ । जसकारण देशमा खाद्ध संकट पर्ने र जनताहरु भोकभोकै मर्ने स्थिति नआउला भन्न सकिन्न ।
त्यसकारण प्लटिङ व्यवसायलाई सरकारले व्यवस्थित गरि निश्चित कानुनी दायरामा ल्याउनुपर्ने जरुरी देखिन्छ । यसतर्फ सरकारले बेलैमा ध्यान नदिए प्लटिङका कारणबाटै देशको कृषि प्रणालीमा भयावह स्थिति आउने देखिन्छ । जसकारण देशमा खाद्ध संकट पर्ने र जनताहरु भोकभोकै मर्ने स्थिती नआउला भन्न सकिन्न । त्यसकारण प्लटिङ व्यवसायलाई सरकारले व्यवस्थित गरि निश्चित कानुनी दायरामा ल्याउनुपर्ने जरुरी देखिन्छ ।
प्लटिङ व्यवसायलाई पूर्णतया बन्देज लगाएर जमिनहरुको उर्वराशक्ति विकास गरेर देशमा कृषि क्रान्ति गर्नुनै आजको प्रमुख आवश्यकता हो । साथै विदेशिएका लाखौं नेपाली यूवाहरुलाई व्यवसायिक कृषिमा आर्कर्षित गर्न सकेमा एक दशकमै देशले कायापलट गर्न सक्नेमा कुनै दुइमत छैन् ।
सबैलाई चेतना भया ।




