
व्यासश्री संवाददाता
काठमाण्डौं, असार ६
नेपालमा शनिवारसम्म कोभिड–१९को संक्रमणबाट २२ जनाको मृत्यु भएको छ, भने संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या ८६०५ पुगेको छ ।जनाए अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो ।
पछिल्लो २४ घण्टामा १ सय ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । मन्त्रालयले देशभरमा १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा र ७ हजार ५ सय व्यक्ति आइसोलेशनमा उपचाररत रहेको जनाएको छ । कोरोनाका संक्रमण ७४ जिल्लामा फैलिएको छ ।




