व्यासश्री संवाददाता
तनहुँ, असार ६

तनहुँको व्यास नगरपालिका–१० स्थित सर्वज्योति माध्यमिक विधालयलाई नेपाल दुरसंचार प्राधिकरणबाट कम्प्युटर ल्याव स्थापनाको लागि २५ लाख रुपैया बराबरको कम्प्युटर लगायतका सामाग्रीहरु प्रदान गरिएको छ।

ती सामग्रीहरु तनहुँ क्षेत्र नं १ का सांसद कृष्ण कुमार श्रेष्ठका सचिवालय सचिव अनिल पाण्डेले विधालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमिल्सेनालाई हस्तान्तरण गरेका थिए ।