व्यासश्री संवाददाता
काठमाण्डौं, असार ६

देशमा चरमा भ्रष्टाचार बढेको र कोरोना भाइरस संक्रमणको नियन्त्रण गर्न सरकार असफल भएको विरोधमा काठमाडौँमा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

युवाहरुको समूहले शनिबार काठमाडौँको शहीद गेट अगाडि सडकमा सुतेर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारको गैरजिम्मेबारीका विरुद्धमा  उत्रिएका थिए ।

कोरोना भाइरसलाई सामान्य समस्या भन्दै बेसार पानी खाएर हाछ्युँ गरेमा निको हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइको आलोचना गर्दै प्रदर्शनमा उत्रेका यूवाहरुले विभिन्न नारा सहितका प्लेकार्ड पनि बोकेका थिए ।

पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकारनै भ्रष्टाचारमा लिप्तको र प्रधानमन्त्रीको गैरजिम्मेबार भनाई निकै लाजमर्दो भएको प्रदर्शनकारीले बताए।