4
4

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसमा र अधिवेशन साउन २५ र २६ गते काठमाडौंमा हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

गत चैत २८ र २९ गते हुने भनिएको साधारणसभा कोरोना भाइसरको संक्रमण र लकडाउनका कारण स्थगित भएको थियो। साधारणसभा कहिले गर्ने भन्‍ने विषयमा पदाधिकारीबीच विवाद समेत भएको थियो । महासंघको तीन वर्षे कार्यकालको लागि निर्वाचन हुन लागको हो।

यसपटकको महासंघको अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेको छ। यो पटक वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भैसकको छ।