
व्यासश्री संवाददाता
काठमाडौँ, असार ५
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय चौहत्तर पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ भने २२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेका छन् ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा झापाका १, मोरङका ३, सर्लाहीका ११, सप्तरीका ४, अछामका ८, बागलुङका १८, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, धादिङका १, डढेलधुराका ९, मकवानपुरका २, म्याग्दीका १, तनहुँका १९, डोटीका १५, गोर्खाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौँका ३, नवलपरासीका ४, सिन्धुपाल्चोकका २१ र पर्वतका ५ जना रहेका छन्।
त्यसैगरि, उदयपुरका २, सिन्धुलीका १, चितवनका १, मकवानपुरका ६, स्याङजाका ३, बागलुङका १४, अर्घाखाँचीका ६, गुल्मीका ३१, कपिलवस्तुका ४, रुपन्देहीका २ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमण अहिलेसम्म देशका ७४ जिल्ला फैलिएको छ।
यसैबीच, पछिल्लो २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। देशभरमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको जानकारी दिए।
डा. गौतमका अनुसार आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ।
हालसम्म देशभरीका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना र आइसोलेसनमा ६ हजार ८ सय ५० जना उपचार गराइरहेका छन् ।




