
नेपालमा कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु र ९ हजार २६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । संक्रमितहरुमा ६४ महिला ३५७ जना पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।
बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । नेपालमा आजसम्म कोरोनाको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।




