
व्यासश्री संवाददाता
तनहुँ, असार ६
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सत्तारुढ नेकपाको कार्य शैलीले राष्ट्रियता माथि धावा बोलेको र गम्भिर प्रहार भएको बताएका छन् ।
पूर्वमन्त्री भण्डारीले सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत बजाएर संयुक्त भर्चुअल कार्यशाला आयोजना गरेको विषयले नेपाली राष्ट्रियता र स्वाभिमानमाथि गम्भिर प्रश्न उब्जाएको बताएका छन् ।
भण्डारीले नेकपाको यो कार्य खेदजनक रहेको बताउँदै नेपालमा चिनिया दबदबा बढेकोमा चिन्ता प्रकट गरे ।




