
तनहुँको रिसिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २२ जना कोरोना संक्रमितहरुलाई ३६ घण्टा बितिसक्दा पनि आइसोलेशनमा पुर्याउन नसकिएको बताइएको छ ।

शनिबार आएको रिपोर्टमा कोरोना पोजोटिभ देखिएका ती संक्रमितहरु मध्ये १६ जना ऋषिङ गाउपालिका वडा नंं ३ स्थित शान्ति माविमा, भिरकोट स्वास्थ चौकीमा ३ जना र शिव सरस्वती माविमा तीन जना रहेको गाउँपालिका श्रोतले जनाएको छ । त्यहाँ रहेका अन्य व्यक्तिहरु र गाउँपालिकाभरी नै सन्त्रास फैलिएको स्थानीय इन्द्र बहादुर आलेले जानकारी दिए ।




