व्यासश्री संवाददाता
तनहुँ, असार ५
तनहुँको घिरिङ गाउँपालिकामा ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण भएको छ ।
भारतबाट फर्किएका उनिहरु सबै सिमाक्षेत्रबाट उद्धार गरिएका नागरिक भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २७, २४, २९ वर्षीय ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समुहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
बिहिबार मात्रै तनहुँको शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय एक पुरुष, भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षीय गरी ४ जना पुरुषमा र ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षीय गरी ७ जना पुरुष र व्यास नगरपालिकाका ४२, २९ र २५ वर्षीय गरी ३ जना पुरुष गरि तनहुँमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँमा कोरोना संक्रमितको कूल संख्या ४३ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमित ऋषिङ गाउँपालिकाका २८ र ४० वर्षका दुइ व्यक्तिहरु निको भएर घर फर्किएको बताइएको छ ।
व्यास नगरपालिका स्थित क्रियापुत्री भवनमा आइसोलेशनमा रहेका १५ जना कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । त्यस्तै जीपी कोइराला स्वासप्रस्वास केन्द्र, शुक्लागण्डकीको आइसोलेसनमा रहेका ९ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।




