व्यासश्री संवाददाता
राजविराज, असार ६

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक १६ वर्षीया किशोरी फरार भएकी छिन् ।

ती किशोरी मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले बताए । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको गणना गर्ने क्रममा ती किशोरी फेला नपरेपछि मात्र उनी भागेको रहस्य खुलेको हो। झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी जारी रहेको बताएका छन् ।

जेठ २५ गते भारतको दिल्लीबाट आएकी किशोरी क्वारेन्टिनमा बस्दै आएकी थिइन् । एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् । राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छिन् ।