
नेपालमा कोरोना भाइरसबाट आइतबार थप ४२१ जना संक्रमित भएका छन्, जसमध्ये ६४ जना महिला र ३५७ जना पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरुमा मोरङका २, सुनसरीका २, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका ७४, डढेलधुराका ४१, डोटीका २७, गुल्मीका ५, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासीका २४, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिराहाका ५२, ललितपुरका १, पाल्पाका २, कञ्चनपुरका १ र बागलुङका २ जना रहेका छ।
यस्तै कास्कीका १, स्याङजाका १०, बागलुङका २१, मुस्ताङका १, म्याग्दीका ४, पर्वतका २, तनहुँका ४, गुल्मीका २, पाल्पाका २, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ। तीमध्ये ८२० जना महिला र ८२०६ जना पुरुष छन्।
यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९४ जना संक्रमित डिसचार्ज भएका छन्। तीमध्ये १८६ पुरुष र ८ जना महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७७२ पुगेको छ।




