विश्वभर कोरोना भाइरसबाट ८ लाख ७३ हजार ५५४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ भने २ करोड ६४ लाख ८९ हजार ७०८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६३ लाख ३५ हजार २४४ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ९१ हजार ५८ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ४० लाख ४६ हजार १५० जना संक्रमित भएकोमा १ लाख २४ हजार ७२९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ३९ लाख ३६ हजार ७४७ जनामा संक्रमण भएकोमा ६८ हजार ५६९ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा १० लाख १५ हजार १०५ जना संक्रमित भएका छन् भने १७ हजार ६४९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ४ लाख ८८ हजार ५१३ संक्रमित भएकोमा २९ हजार २३४ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ४० हजार ४११ संक्रमित भएकोमा ४१ हजार ५२७ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ६ लाख ७० हजार १४५ छ भने २९ हजार ४०५ जनाको मृत्यु भइसकेको छ।

यस्तै कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ६८ लाख ८५ हजार ९८ पुगेको छ।