नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। उनले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका हुन्।

उनको प्यानलबाट उपसभापतिमा चन्द्र गुरुङ र धनराज गुरुङ तथा महमन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम टुंगो लागेको हो।

यस्तै सहमहामन्त्रीतर्फ खस आर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, महिलाबाट कमला पन्त, आदिवासी जनजातिबाट विकाश लामा र अल्पसंख्यकबाट वकिल मियाँको नाम तय भएको छ।