
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुले देशलाई बर्वाद पारेको बताएका छन् ।
नेपाली जनताले कम्युनिष्टहरुलाई ५ बर्षका लागि मुलुक चलाउन जिम्मेवारी दिएको भएपनि उनीहरुकै आन्तरिक कलहका कारण देश बर्वादीतर्फ धकेलिएको भण्डारीले बताए ।
राष्ट्रिय मगर संघ तनहुँको दोस्रो जिल्ला अधिवेशनका क्रममा भण्डारीले सो कुरा बताएका हुन् । कम्युनिष्टहरु मुलुक चलाउन असफल भएको हुँदा ताजा जनादेशको विकल्प नभएको हुँदा ताजा जनादेशका लागि कांग्रेस तयारी अवस्थामा रहनु पर्ने समेत भण्डारीको भनाई थियो । तनहुँमा मगर समुदायको संस्कृति संरक्षणका लागि कांग्रेसले विशेष ध्यान दिने भण्डारीले प्रतिवद्धता जनाए ।
राष्ट्रिय मगर संघ तनहुँका अध्यक्ष इन्द्र आलेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोला, संविधान सभा सदस्य झुलबहादुर आले, भानु नगरपालिकाकी उपप्रमुख आशा थापा, म्याग्दे गाउँपालिका अध्यक्ष माया राना, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, महाधिवेशन प्रतिनिधी मिलन आले, नेविसंघका अध्यक्ष चुडामणि खनाल लगायतले मन्तव्य राखेका थिए ।





