तनहुँको आबूँखैरेनी अस्पताललाई तिन थान डायलासिस मेसिन प्राप्त भएको छ ।

आँबुखैरेनी गाउँपालिकाले सन्चालन गरेको अस्पतालबाट अव मृगौलाका विरामीले डायलासिस सेवा पनि प्राप्त गर्ने भएका छन् । त्यसकोलागि उक्त अस्पतालबाट डायलाइसिस सेवा प्रदान गर्ने भनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको थियो ।

गाँउपालिकाको विकासका लागी दिन रात नभनि खटीएका गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको विशेष पहलमा डायलासिस मेसिन ल्याईएको छ ।

गाउँपालिकाका अध्यक्ष चुमान र वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश केसीलगायतको पहल तथा समन्वयमा ३ थान डायलाइसिस मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

साथै डायलासइसिस सम्बन्धी तालिमको लागि आँबुखैरेनी अस्पतालवाट सम्बन्धीत निकायमा आवश्यक स्वास्थ्यकर्मी पठाइसकेको र छिट्टै सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।