
तनहुँमा चितुवाको आक्रमण परेर सात वर्षमा १५ जना बालबालिकाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको छ भने हाल बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढ्न थालेको छ ।
डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत नवीन विश्वकर्माले २०७४ साल फागुन ९ गतेदेखि हालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमण परी ११ बालक र चार बालिका गरी १५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा आठदेखि ११ वर्षसम्मका बालबालिका रहेका छन् । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको हो ।
घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले डेढ वर्षपछि बन्दीपुरमा पुनः चितुवा आक्रमण भएकाले स्थानीयवासी त्रसित बनेको बताए । उनले भने, “पछिल्लो समय चितुवा आतङ्क थिएन, डेढ वर्षपछि पुनःआक्रमण भएर बच्चाको मृत्यु भयो । स्थानीयवासी त्रसित छन् ।” साँझ र रातिका बेला बालबालिकालाई एक्लै नछाड्न र घरबाहिर ननिस्किन सचेत गराइएको थापाको भनाइ छ ।
डिभिजन वन कार्यालय तनहुँका अनुसार चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।
त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको सहायक वन अधिकृत पण्डितले जानकारी दिए ।
यसैगरी विसं २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुपिम्र बगाले मगर, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा ११ वर्षीय विना चेपाङ र कात्तिक १५ व्यास नगरपालिका–१२ छिर्कनेमा पाँच वर्षीय अरविन कुँवरको मृत्यु भएको छ ।
चितुवाको आक्रमणबाट व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । सात वर्षको अवधिमा १८ जना घाइते भएको कार्यालयले जनाएको छ । चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन
कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणका लागि विभिन्न ठाउँमा गरी २० स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षितसाथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउने प्रयास गरिएको छ ।
चितुवाको आहार मृगलगायतलाई मानिसले जङ्गलमा गएर सिकार गरिदिँदा आहाराको अभाव हुँदा चितुवा मानवबस्तीमा आउने गरे को वन अधिकृत विश्वकर्माले बताए । चितुवाको मुख्य आहारा भने को मृग र बाँदर भएको तर जङ्गलमा यी दुवै आहाराको अभाव भएपछि चितुवा बस्ती आउने गरेको विश्वकर्माले बताए । विश्वकर्माले भने , “जङ्गलमा खानेकुरा नहुँदा बाँदर मानव बस्तीमा आउन थालेको छ मृगलाई मानिसले मारेर खाने गरे काले चितुवाको आहारको कमी हुँदा चितुवा मानव बस्तीमा आउने व्रmममा बढेको छ ।” एक पटक आव्रmमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको कार्यालयले जनाएको छ ।
विश्वकर्माका अनुसार पानीको पो खरी जङ्गलमा बनाउने, मृगलाई मानिसले नमार्ने हो भने मानव र चितुवाबिचको द्वन्द्व कम हुन्छ । बजेट अभावले गर्दा जङ्गलमा पोखरी बनाउन सकिएको छैन । जङ्गलमा पोखरी हुँदा घाँस राम्रो पलाउने हुँदा मृगलाई पर्याप्त आहारा हुने हुँदा मृगको सङ्ख्या बढ्ने, मृग पानी खान आएको बेला चितुवाले मारेर भोक मेटाउने हुँदा चितुवालाई जङ्गलमै“ भुलाउन सजिलो हुन्छ । नरभक्षी चितुवा, घाइत तथा अपाङ्गता जङ्गली जनावर उद्धारका लागि डिभिजन वन कार्यालय तनहुँले दमौलीस्थित आफ्नै कार्यालय प्राङ्गणमा वन्यजन्तु उद्धार घर निर्माण गरेको छ । अस्थायी रूपमा राख्नका लागि उक्त घर निर्माण गरिएको कार्यालयले जनाएको छ