
१६ औं गणतन्त्र दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, आदिकवी भानुभक्त क्याम्पसको आयोजना र जिल्ला रेडक्रस तनहुँको सह–आयोजनामा मंगलबार विहान क्याम्पस प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई जिल्ला रेडक्रस कास्कीले प्राविधिक सहयोग र व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताहरुबाट ५१ पिन्ट रगत सङ्कलन भएको थियो ।
क्याम्पसको स्ववियुका अध्यक्ष गौरब पन्थको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अतिथिहरुमा कालिभञ्ज्जन गणका गणपति कर्णेल रामज्योति बोहोरा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, जिल्ला अनुसन्धान कार्यालय तनहुँका प्रमुख सुरेशकुमार तिवारी, इन्जिनियर सुरेश अधिकारी, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले , क्याम्पस सञ्चालक समिति सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ क्याम्पस इकाइ अध्यक्ष विजयराज खनाल, जिल्ला रेडक्रस सोसाइटी तनहुँका युवा तथा जूनियर प्रमुख विमल गिरी, निर्मल माध्यमिक विद्यालयका शिक्षक अभिभावक सङ्का अध्यक्ष हरिशरण खनाल, क्याम्पस सहायक प्रमुखद्वोय डा.रामकुमार अधिकारी, सागर पौडेल, विभागीय प्रमुख, प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
क्याम्पस सञ्चालक समितिको अध्यक्ष श्रेष्ठद्वारा स्वागत गरिएको उक्त कार्यक्रमको सञ्चालन स्ववियु सचिव अनुप आले मगरले गरेका थिए।




