नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको हो।

६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ।