
स्यानिटाइजरको सेवन गर्दा भारतको आन्ध्र प्रदेश राज्यमा १० जना मानिसको मृत्यु भएको छ ।
अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ। कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले ति मानिसहरुले स्यानिटाइजर सेवन गरेको र त्यसपछि उनीहरुमा शारिरीक र रसायनिक प्रतिक्रिया भएपछि मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले उनीहरुले पानी र हल्का पेय पदार्थसंग स्यानिटाइजर मिसाएर पिएको जानकारी दिएका छन् ।
रक्सीको कूलतमा फसेका उनीहरुले करिव दस दिनदेखि नियमित रुपमा त्यसरी स्यानिटाइजर सेवन गर्दै आइरहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा रसायनिक विश्लेषणका लागि स्यानिटाइजरको नमुना प्रयोगशालामा पठाएको खबर समाचारपत्रले प्रकाशन गरेको छ ।
स्थानीय स्तरमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि सरकारले त्यस गाउँमा लकडाउन लागु गरेको थियो ।




