कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको आलोचना गरेका छन् ।

उनले भुसको आगोझैँ संक्रमण फैलिरहेको तर न परीक्षणको दायरा बढाएको नत अस्पताल केन्द्रित तयारी गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गज्जबको काम गरेँ भन्दै भजन गाउँनमा व्यस्त रहेको आरोप लगाउँदै उनले भनेका छन्, ‘बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ –सरकार अब अति भो ।’