सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ।

कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सिसिएमसी) बैठकले आइतबार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

यसअघि सिसिएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।