राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गर्न शीतल निवासमा तनहुँबासीको भीड लागेको छ ।

प्रतिनिधि सभाका सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरुको टोलीले शीतल निवासमा बधाई ज्ञापन गरेको हो । बधाई ज्ञापन कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय शंकर भण्डारी, प्रदीप पौडेल, प्रदेश सांसद जीतप्रकाश आले लगायतको सहभागिता रहेको थियो ।

शीतल निवासमा सहभागी भएका तनहुँबासीहरुले राष्ट्रपति पौडेलको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । बधाई ज्ञापन कार्यक्रममा सहभागी हुन पुगेका तनहुँबासीलाई राष्ट्रपति पौडेलले आफूलाई यो स्थानमा पुरयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

साथै राष्ट्रपति पौडेल मुलुक र संविधानको रक्षाका लागि आफू सधै प्रतिवद्ध रहने समेत बताएका थिए । राष्ट्रपति पौडेललाई बधाई ज्ञापन गर्न ठूलो संख्यामा तनहुँबासीहरु उपस्थित भएका थिए ।