
चर्चित भारतीय योगगुरु बाबा रामदेवद्धारा स्थापित पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधी तयार गरेको छ र संक्रमित व्यक्ति ७ दिनमा ठीक हुने दाबी गरिएको छ ।
बाबा रामदेवको सो कम्पनीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाबा रामदेवले भने विश्वले कोरोना भाइरसको औषधी खोजी गरिरहेको अवस्थामा आफ्नो कम्पनीले कोरोना भाइरसको पहिलो आयुर्वेदिक औषधी तयार गरेको दाबी गरे। औषधीको नाम कोरोनिल राखिएको छ ।
पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने बताउँदै योग गुरु रामदेवले आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट किन्न सकिने छ । कम्पनीले सोमबारसम्म एक एप सार्वजनिक गर्ने र सोही माध्यमबाट औषधिको प्रचारप्रसार घरघरमा पुग्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा रामदेवले भने, ‘हामीले परीक्षण गरेको औषधिले तीन दिनमा ६५ प्रतिशत रोगी पोजिटिभबाट नेगेटिभ भइसकेका छन्। कोरोना संक्रमित व्यक्ति सात दिनमा सतप्रतिशत ठीक हुन्छ।’
उनले कोरोनाको विरामीलाई कोरोनिलले शतप्रतिशत ‘रिकभर’ र शून्य प्रतिशत मृत्युको रेट राखिएको दावी गरे।
उक्त औषधी बनाउन स्वदेशी सामग्रीको मात्रै प्रयोग गरी तयार पारिएको बताउँदै यसमा गुर्जो, अश्वगन्धा, तुलसी र श्वासारी मिसाएर बनाइएको कम्पनीले सिइओ आचार्य बालकृष्णले जानकारी दिए । उनले यी जडिबुटीको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोना विरुद्ध लड्न सक्ने शक्ति पैदा गर्ने बताए । उक्त कोरोना किटमा कोरोनिलका साथै श्वासारी बुटी र अणु तेल समेत उपलब्ध हुनेछ। यी तीनवटै औषधि सेवन गर्नाले कोरोना निको हुने आचार्यले दाबी गरे ।
सो औषधीको मूल्य ६ सय भारतीय रुपैयाँ रहेको छ ।




