महिला उद्यमी संघ नेपाल, तनहुँले विहीबार दमौलीमा वित्तीय साक्षरता तथा महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शन तथा प्रवर्धन कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशकी सभाषद् सरिता गुरुङले गरेको थिइन् । कार्यक्रममा बोल्दै सभाषद् गुरुङले यस्ता कार्यक्रमहरुले उधमशील कार्यक्रममा लाग्न महिलाहरुलाई उत्प्रेरित गर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिइन् ।

संघकी अध्यक्ष निर्मलाको अध्यक्षतामा भएको कार्यक्रममा साक्षरता कार्यक्रमका साथै महिला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शन गरिएको थियो ।

प्रर्दशनीमा चप्पल, अगरवत्ती, गुडिया, चुरा, ढकिया, दालमोट लगायतका बस्तुहरु विक्री र प्रर्दशनमा राखिएको थियो ।

कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का वडाअध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु अशोक कुमार श्रेष्ठ, मंगल प्रसाद श्रेष्ठ, शंकरलाल राजभण्डारी लगायत दमौलीका महिला र पुरुष उद्यमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।