भारतमा कोरोना भाइरसको संक्रमणबाट १४ हजार ८९४ को मृत्यु भएको छ भने संक्रमितको संख्या ४ लाख ७३ हजार १०५ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरिमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको छ ।

सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिएको र दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५९१ जनाको मृत्यु भएको छ ।

बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ७१ हजार ६९७ संक्रमित निको भएर घर फर्केको समाचार एजेन्सीहरुले जनाएका छन् ।