नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सप्तरीमा १, सर्लाहीमा ३, काठमाडौँमा ३०, चितवनमा ३, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २, रामेछापमा १ र ललितपुरमा ९ जना संक्रमित थपिएका छन्।

यस्तै कास्कीमा १९, गोरखामा १, नवलपरासीपुर्वमा १, पर्वतमा १, लमजुङमा २, स्याङ्जामा १, अर्घाखाँचीमा १, गुल्मीमा १, नवलपरासीमा १, पाल्पामा ४, बाँकेमा १, रुपन्देहीमा १, दैलेखका १, सुर्खेतका १ तथा कैलालीमा २ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बिहीबार थप १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ।

गत २४ घन्टामा ३ हजार ५ सय ४१ पीसीआर परीक्षण भएको छ। हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।

हाल देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

देशभर हालसम्म ६१ जना कोरोना संक्रमितको आईसियुमा तथा १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।