
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।
प्रमुख सल्लाहकार रिमाललाई शुक्रबारको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।
रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
उनले लेखेका छन्- हिजोको PCR परीक्षणबाट ममा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।
यसैगरि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार दिएको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएको थापाले जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबै जनासँग सावधानी अपनाउन पनि आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’




