
प्रजातान्त्रिक विचार समाज तनहुँको पाँचौं अधिवेशनबाट शिक्षाविद् व्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्यसमिति गठन भएको छ।
समितिको उपाध्यक्षमा गौकुमारी न्यौपाने, सचिवमा ओमकार आचार्य, सहसचिवमा महेन्द्रराज शर्मा र कोषाध्यक्षमा जनक काफ्ले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भरत काफ्ले, हरिभक्त सुवेदी, राजु दाहाल, कञ्चना काफ्ले, सागर न्यौपाने, विमल खत्री, प्रकाश गैह्रे, दिलिप पोखरेल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता चन्द्रकान्त वाग्लेले जानकारी दिए ।
शुक्रबार दमौलीमा सम्पन्न अधिवेशनले तिमल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्रको आधार स्तम्भ नागरिक भएको बताउँदै प्रजातान्त्रको पहरेदारी र रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताए । समाजका केन्द्रीय सचिव वासुदेव भण्डारी, नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठले प्रजातन्त्र र लोकतन्त्रको रक्षार्थ सबै जना एकजुट हुनपर्ने बताए ।

जिविस महासंघका पूर्व महासचिव डा. शेषरमण न्यौपानेले लोकतन्त्रका आधार स्तम्भबारे अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा लोकतन्त्रका आधार स्तम्भ विषयक अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा जनज्योति क्याम्पस भिमादका विवश पराजुली प्रथम, भानुभक्त क्याम्पस बेलचौताराका हरि खरेल द्धितीय, आदिकवि भानुभक्त क्याम्पस दमौलीका अनिशा वंशी ठकुरी तृतीय, र महर्षि वेदव्यास संस्कृत विद्यापीठ दमौलीका प्रवेशचन्द्र घिमिरेले सान्तवना स्थान हासिल गरेका थिए । उनीहरुलाई प्रमुख अतिथि वाग्लेले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा शिक्षकहरु विजयराज खनाल, नवराज लामिछाने र हरिभक्त सुवेदी रहेका थिए । प्रतियोगितामा ६ वटा क्याम्पसहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सचिव प्रदीप घिमिरेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जनक काफ्लेले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।




