तनहुँको भानु नगरपालिकामा पन्ध्र वर्षिया बालिकाले आत्महत्या गरेकी छन् । भानु नगरपालिकामा वार्ड नं १३ स्थित अरनिको माध्यमिक बिद्यालयमा कक्षा – ९ मा अध्यनरत बालिकाले शुक्रबार बिहान घर नजिकै आत्महत्या गरेकी हुन् ।

उक्त विद्यालयका प्रधानाध्यपक शैलेन्द्रकुमार शाहले सो विद्यालयका केही छात्राहरुलाई यौन दुर्व्यहवार गरेको आरोपमा गत जेठ १० गते कक्षा ९ का ३ जना छात्राहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आरोपित प्रधानाध्यपक जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासत छन् ।

प्रधानाध्यापकको विरुद्धमा उजुरी दिने ३ जना छात्रा मध्ये १ जनाले आत्महत्या गरेकी हुन् । उक्त घटनाको छानबिनकै क्रममा रहेको समयमा उजुरी दिने बालिकाहरुलाई बयान फेर्न केही स्थानीयले दवाव दिइएको गुनासो आईरहेको अवस्थामा उजुरीकर्ता बालिकाले आत्महत्या गरेको स्थानिय प्रशासनले जनाएको छ ।