
नेपाली काँग्रेस तनहुँले केन्द्रिय कार्य समितिको निर्णयानुसार केपी ओली सरकारको असंवैधानिक, प्रतिगामि र अधिनायकवादि कदमका बिरुद्द पुष १३ गते तनहुँका विभिन्न स्थानमा विरोध सभा र र्याली गर्ने जनाएको छ ।
पार्टी सचिव विश्व बास्तोलाले एक विज्ञप्ति प्रकाशन गर्दै काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं १ को दमौलीस्थित अनशन चौतारी चौर र प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत भिमाद बजारमा ठिक ११: ३० मा विरोध सभा एवं र्याली गर्ने जनाएका छन् ।
दमौलीमा हुने विरोध सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केन्द्रीय स्तरका नेताहरुबाट सम्बोधन हुने जनाइएको छ ।
साथै विज्ञप्तिमा देशको प्रधानमत्री जस्तो कार्यकारी पदमा रहेको व्यक्तिबाट भष्ट्राचार, सांसद अपहरण जस्ता कुकृत्यलाई ढाकछोप गर्ने र नेपालको राजनैतिक आन्दोलनमा निरन्तर योगदान पुर्याएका नेपाली कांग्रेसका बरिष्ठ नेताप्रति व्यक्तिगत लाञ्छनायुक्त टिकाटिप्पणी गर्ने केपी ओलिको अभिव्यक्ति प्रति नेपाली कांग्रेस, तनहुँ घोर भर्सना गर्दछ भनिएको छ ।
(हेर्नुहोस् विज्ञप्ति)





