
नेपाली कांग्रेस तनहुँको पहिलो बैठकले ६ जना लाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।
सभापति जितप्रकाश आलेको अध्यक्षतामा बसेको पहिलो बैठकले जिल्लाका पुराना नेता एवं जीउँदो सहिदका नामले परिचित श्यामराज उप्रेती, पूर्व सचिव विश्वनाथा बास्तोला, व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, पूर्व प्रवक्ता हरि वाग्ले, यूवा नेताहरु हुतमणी अधिकारी र डम्बर बहादुर अधिकारीलाई मनोनित गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।




