
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ भने मृत्यु हुनेको संख्या ६४५ पुगेको छ। यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २सय ७७ पुगेको छ।
यस्तै आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ। १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका ५, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, झापाका ७१, तेह्रथुमका १, धनकुटाका १, पाँचथरका २, भोजपुरका १, मोरङका २२३, संखुवासभाका १, सुनसरीका २४९, सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै धनुषाका २५, पर्साका १७, बाराका ११, महोत्तरीका ८, रौतहटका १३, सप्तरीका २१, सर्लाहीका ८, सिरहाका ११, काठमाडौँका १८८८, काभ्रेका ९०, चितवनका ७७, दोलखाका ७, धादिङका १२, नुवाकोटका ११, भक्तपुरका ११८, मकवानपुरका ७५, रसुवाका ६, रामेछापका १४ र ललितपुरका २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुपाल्चोकका २५, सिन्धुलीका १, कास्कीका ७६, गोरखाका ३, तनहुँका ३७, नवलपरासीपुवका ६५, पर्वतका १, मुस्ताङका १, म्याग्दीका १, लमजुङका २१, बागलुङका ८, स्याङ्जाका ११ जनामा कोरोना पुष्टि भएको छ भने अर्घाखाँचीका ८, कपिलवस्तुका ८, गुल्मीका १०, दाङका १३, नवलपरासीका २४, पाल्पाका १४, प्यूठानका २६, बर्दियाका २६, बाँकेका ४५, रुपन्देहीका १२५, रोल्पाका २, जुम्लाका ९, दैलेखका १३, सल्यानका ३, सुर्खेतका १०१, हुम्लाका ४, अछामका ३, कञ्चनपुरका १८, कैलालीका ६५, डडेल्धुराका ६, डोटीका १, दार्चुलाका ६, बझाङका ४, बाजुराका १ र बैतडीका १२ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार देशभर २७९ जना कोरोना संक्रमितको आईसीयुमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, बाँके, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मनाङमा कोरोना संक्रमितको संख्या शून्य छ। सोमबार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको छ। संस्थागत आइसोलसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ८७, प्रदेश नम्बर २ मा ७ सय ५, बागमती प्रदेशमा ८ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा ५ सय २९ जना रहेका छन्।
यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७९, कर्णाली प्रदेशमा ५ सय ६ र सुदूरपश्चिम प्रदेशमा २ सय ६३ गरी देशभरी १३ हजार ९ सय २३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ३ सय ८८, प्रदेश नम्बर २ मा ४ सय ५६, बागमती प्रदेशमा १३ हजार ४ सय ८९ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन्।
यस्तै लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, कर्णाली प्रदेशमा ४ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५ सय १४ गरी देशभरी १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन ।
आज १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन्। आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय ८७, प्रदेश नम्बर २ मा १५ हजार ९०, बागमती प्रदेशमा २९ हजार ३ सय ८९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ५५ जना डिस्चार्ज भएका छन्।
यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय ८१, कर्णाली प्रदेशमा ३ हजार ४ सय ८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ९५ जना गरी देशभरी ७७ हजार २ सय ७७ जना डिस्चार्ज भएर घर फर्किएका छन । आइसुयुमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन्।
सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ।
देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको छ भने कोसी, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आकस्मिक कक्ष निर्माणका लागि ९ करोडका दरले ३६ करोड रकम उपलब्ध गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




