
नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको संख्या २०३३२ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेकाे छ।
आइतबार ८ हजार ८ सय ६१ जनाकाे पीसीआर परीक्षण गरिएकाे प्रवक्ता डा. गाैतमले बताए। हाल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्।




