नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

देशद्रोही नामक म्युजिक भिडियोको सुटिङका क्रममा देशको झण्डा जलाएको दृश्य राखिएको प्रकरणमा संलग्न गायक गायिकादेखि मोडलसम्म पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गायक मकवानपुरका २३ वर्षीय ग्लालेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, गायिका दोलखाकी २२ वर्षीया अरुणा थामी र गायक तथा मोडल मकवानपुरका १८ वर्षीय मंगोल बुद्ध भन्ने अनोजकुमार तितुङ पक्राउ परेका छन्।

यसैगरि भिडियोग्राफर सिन्धुपाल्चोकका २८ वर्षीय संजित कुमार घिसिङ, भिडियो एडिटिङमा काम गरेका काभ्रेका ३६ वर्षीय कमल कुमार लामा तामाङ र काभ्रेका ३१ वर्षीय संजय भन्ने हुत्त बहादुर तामाङ रहेका छन्।

मोडल काभ्रेका २८ वर्षीय लावाङ तामाङ र रेकर्डिङ स्टुडियोमा काम गरेका काभ्रेका २७ वर्षीय चलाकमान तामाङ रहेका छन्।

उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।

उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

म्युजिक भिडियोमा साम्प्रदायिकतामाथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।