नेकपाको नयाँ अध्यक्षमा माधब कुमार नेपाल चयन भएका छन् ।

प्रचण्ड-माधब नेपाल समुहको केन्द्रीय समिति बैठकले केपी ओलीलाई बर्खास्त गरेको घोषणा संगै सोही बैठकले माधब नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको हो।

वरिष्ठ नेकपा नेता माधब कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए।सो प्रस्ताव सर्वसम्मतले पारित भएको हो।

यससंगै अर्का अध्यक्ष प्रचण्डले माधब नेपाललाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।बैठकमा सहभागीहरु द्वारा शुभकामना व्यक्त गरिएको थियो।