लायन्स क्लब अफ तनहुँको आयोजनामा दमौलीमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ ।
दमौलीमा आयोजित पत्रकार भेटघाटका क्रममा सो जानकारी गराइएको हो । असार १८ गते विहान कार्यक्रमको शुभारम्भ हुने क्लबका अध्यक्ष राजु दाहालले जानकारी दिए ।
हरेक महिनाको तेस्रो शनिवार १० बजेदेखि १ बजेसम्म लोकप्रिय मेडिकल सेन्टरमा सो सेवा नियमित रुपमा संचालन गरिने अध्यक्ष दाहालले बताए ।
सो शिविरमा प्रा. डा. देबकुमार थापाले विशेषज्ञ सेवा र मनोविद सीता भण्डारीले मनोसामाजिक परामर्श दिने क्लबका उपाध्यक्ष ईश्वर बहादुर विष्टले जानकारी दिए ।
कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एलका टिम लिडर सुरेन्द्र पौडेल, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, मनोविद सीता भण्डारी लगायतका वक्ताहरुले हाल मानिसहरुमा नैराश्यता बढेको, आत्महत्याका घटनामा वृद्धि भएको, पारिवारिक वेमेलका घटना बढेको, जिम्मेवारीले थिचेको, गलत क्रियाकलाप बढेको बताउँदै मानसिक स्वास्थ्यसंग समस्या समाधानका लागि यस्ता कार्यक्रमको अपरिहार्यता रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमका लागि फिनल्यान्डबाट बसन्त घिमिरेले आर्थिक सहयोग गरेको बताइएको छ। कार्यक्रममा पत्रकार र दमौली स्थित लायन्स क्लबका अध्यक्ष एबम् लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।