नेपालमा पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६५ पुगेको छ।

बुधबार ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ६३५ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ९ हजार २१२ पीसीआर तथा २७८२ एन्टिजेन परीक्षण भएको छ।