
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँमा रहेका ४ वटा प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ भने निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
प्रदेशको ४ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नं.२ (ख) मा सर्वसम्मत चयन भए पनि बाँकी तीनवटामा शुक्रबार निर्वाचन भएको थियो ।
क्षेत्र नं.१ (क) मा भएको निर्वाचनबाट सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । उनले २९० मत ल्याएर विजयी भएका थिए भने प्रतिप्पर्धी गोरा मिँयाले २१६ मत ल्याएका थिए । त्यस्तै उपसभापतिमा बलबहादुर पोख्रेल र राजु खड्का, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ विजयी भएका छन् । प्रदेश प्रतिनिधीमा प्रतिनिधिमा तुलसीराम सापकोटा, हरिदत्त पौडेल, चिरञ्जीवि अधिकारी, सुरेश थापा, कमल पण्डित, बाबुराम बगाले, ज्योति श्रेष्ठ, तीर्था पौडेल, सनिमाया गुरुङ, एलिजा ढकाल, ओजराज पौडेल, विद्या पाण्डे जिसी, केशकुमारी राना मगर, मनिलाल श्रष्ठ, अमर गुरुङ र बुद्धकुमार परियार विजयी भएका छन् ।
त्यस्तै, क्षेत्र नं.१ (क) मा भएको निर्वाचनबाट सभापतिमा काजीमान श्रेष्ठको प्यानलनै (एक जना बाहेक) विजयी भएको छ । श्रेष्ठले २२० मत ल्याएका थिए भने प्रत्यसी राजेन्द्र पियाले १५४ मत प्राप्त गरेका थिए । उपसभापतिमा राधा खनाल र बाबुराम श्रेष्ठ, सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्र, सहसचिवमा विराट केसी र गोपाल थापा विजयी भएका छन् । प्रदेश प्रतिनिधिमा अमृतबहादुर नेपाली, चित्तबहादुर थापा, गिरबहादुर थापा, विमला थापा, विपीन गुरुङ, पञ्चमाया गुरुङ, महेशराज भट्टराई, तमबहादुर दरै, प्रेमबहादुर गुरुङ, तुलक कैनी, कर्णबहादुर गुरुङ, मदन पण्डित, निमबहादुर थापा, सुवास अधिकारी, विद्या खनाल, पवित्रा गौली र शान्ता बास्तोला निर्वाचित भएका छन् ।
यसैबीच, तनहुँ क्षेत्र नं २ प्रदेश (क) मा भएको निर्वाचनबाट सभापतिमा जीतराज राना सहित उनको सम्पूर्ण प्यानलनै विजयी भएको छ । रानाले २३८ मत प्राप्त गरे भने प्रत्यासी हिराबहादुर थापाले १८१ मत पाएका थिए । उप सभापतिमा राना प्यानलका रेशमलाल पौडेल २४६ र पशुपति क्षेत्री २२९ मतका साथ विजयी भए । सचिवमा राजेश कुमार श्रेष्ठ, हरी भण्डारी विजयी भए । सह–सचिवमा केश बहादुर थापा, मुक्ति प्रसाद सापकोटा विजयी भए । प्रदेश प्रतिनिधिमा रविचन्द्र पौडेल, शिवशरण वाग्ले, श्रीबहादुर थापा, शिवबहादुर आले, समुन्द्रराम श्रेष्ठ, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, सुलोचना गौतम, बासना श्रेष्ठ, बिना खनाल, डोलबहादुर सुनार, जुक्तराज वाग्ले, निशा पौडेल, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सीता कुमाल र निरबहादुर पुन विजयी भएका छन् ।
त्यस्तै तनहुँ क्षेत्र नं २ (ख) को सभापतिमा इन्द्रबहादुर आले हिजो शुक्रबार निर्विरोध निर्वाचित भए । उपसभापतिमा इमानसिंह थापा र आनन्द देव श्रेष्ठ, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका थिए । प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, धुर्वकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच, संयोग पनि कस्तो जुरेको छ भने प्रदेशसभा निर्वाचनमा निर्वाचित चारै जना सभापतिहरु शैक्षिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । खनाल, राना र आले विभिन्न क्याम्पसमा प्राध्यापन गर्छन भने श्रेष्ठ भने लामो समय शिक्षण पेशामा रहेर हालै अवकास लिएर पूर्णकालिन राजनीतिमा लागेका छन् । श्रेष्ठ व्यास नगरपालिका वडा नं १४ का वर्तमान वडाअध्यक्ष पनि हुन् ।
हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित भएका छन् । भोली मङ्सिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन हुँदैछ । यसैबीच, प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि तनहुँ काँग्रेस, पार्टीका नेता, क्षेत्रिय प्रतिनिधी र कार्यकर्ताको आम चासो क्षेत्रिय र जिल्लाको अधिवेशनतर्फ आर्कषित भएको छ । क्षेत्रिय सभापतिका लागि क्षेत्र नं १ मा विश्वराज बास्तोला र श्याम कुमार मौरातीले उम्मेदवारी प्रस्तुत गरेका छन् भने क्षेत्र नं २ का लागि चुडामणि खनाल र कृष्णराज पण्डितको उम्मेदवारी सामाजिक सञ्जालमार्फत प्रस्तुत भएको छ । त्यसैगरि प्रत्येक क्षेत्रबाट २५–२५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधीका लागि दर्जनौं नेताहरुले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
विशेषत पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य शंकर भण्डारीको समूहमा विभाजित तनहुँ काँग्रेसको राजनीति र आसन्न क्षेत्र र जिल्लाको अधिवेशनमा कुन पक्षले जित हासिल गर्नेछ भन्ने आम चासोको विषय बनेको छ । यस पटक काँग्रेस तनहुँको अधिवेशन निकै रोचक र घोचक हुने भएके छ । पार्टीको अधिवेशन र निर्वाचनले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघीय निर्वाचनको लागि काँग्रेसको स्पष्ट खाका तयार हुनेछ ।




